कुरिनटार, २८ चैत । इच्छाकामनामा दुई दिने स्वास्थ्य सम्बन्धी ज्ञान अभिवृद्धि अभिमुखीकरण तालिम सुरु भएको छ ।जनस्वास्थ्य कार्यालय चितवनको आयोजना तथा इच्छाकामना गाउँपालीकाको समन्वयमा इच्छाकामना गाउँपालिका वडा न ४ लेवाटारमा अभिमुखीकरण सुरु भएको हो ।
उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिकाकी अध्यक्ष गीता कुमारी गुरुङले यस अभिमुखीकरणपछि स्वास्थ्य क्षेत्रमा जनप्रतिनिधिहरुलाई कार्यक्रम तथा योजनाहरु निर्माणमा सहयोग मिल्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रशासकीय अधिकृत नरहरि सापकोटाले यस अभिमूखीकरणमा आएका कुराको जती ग्रहण सक्यो त्याती नै सार्थक हुने बताउदैँ सक्रियतापूर्वक सहभागीता जनाउन सबैलाई आग्रह गर्नुभयो ।

भोली सम्म चल्ने तालिममा जनप्रतिनधि, कर्मचारी र विभिन्न संघसस्थाका प्रतिनिधिहरुको सहभागीता रहेका छन् । स्वास्थ्य क्षेत्रमा स्थानीय तहको अधिकार र कस्तो खालको योजना कार्यक्रमको सम्भावना हुन्छ त उनिहरुको ज्ञान वृद्धिका लागि जनप्रतिनिधि र कर्मचारीहरुलाई अभिमुखीकरण दिइएको जनस्वास्थ्य कार्यालयका अनुप अधिकारीले बताउनुभयो । जनस्वास्थ्य कार्यालय चितवनले चितवनका सबै स्थानीय तहमा कार्यक्रम गरिने अधिकारीले बताउनुभयो । यस अघि माडीनगरपालिकामा कार्यक्रम सम्पन्न गरिसकेको उहाँले बताउनुभयो ।

आज पहिलो दिन जनस्वास्थ्य अधिकृत अनुप अधिकारी र पदमनाथ ढकालले अभिमुखीकरण दिनुभएको थियो ।