चितवन, २६ जेठ । गौतम बुद्ध अन्तराष्ट्रिय रङ्गशालाको बारमा डोजर लगाएको आरोपमा पक्राउ परेका प्रकाश कँडेल सहित चारजनालाई प्रहरीले आईतबार साँझ रिहा गरेको छ मूख्य अभियुक्त भनिएका प्रकाश कँडेल सहित भैरव वास्तोकोटी, धुव्र चापागाईं, सुरेन्द्र विकेलाई रिहा गरिएको हो ।
उनीहलाई १२ दिन दैनिक हाजिर हाजिरी जमानीमा छाडिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरिक्षक दानवहादुर मल्लले बताए ।उनीहरुलाई १२ दिन पछि अभद्र ब्यवहार ऐन अन्तरगतको मुद्धाको सुनुवाई जिल्ला प्रशासन कार्यालयवाट गरिने मल्लले जानकारी दिनुभयो ।

गौतम बुद्ध अन्तराष्ट्रिय रङ्गशालाको बारमा डोजर लगाएको आरोपमा प्रकाश कँडेल सहित १८ जनालाई १५ गते पक्राउ परेका थिए ।यस अघि जेठ २० गते तुलसी गुरुङ, देव तामाङ, राजु सापकोटा, कोपिला सापकोटा, राजन सापकोटा, सञ्जु गुरुङ, कृष्ण कँडेल, दीपक आचार्य, देव गुरुङ, विपीन भट्टराई, मञ्जु चापागाईं, पारू परियार, यशोदा पौडेल, ईश्वरी माया तामाङलाई हाजिरी जमानीमा आवश्यकता अनुसार बोलाउने गरी छाडिएको थियो ।

छुटेको चारै जनाले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै जेठ १५ गते विहान डोजर लगाएर बार भत्काउने कार्यप्रति दुःख व्यक्त गर्दै क्षमायाचना गरेका छन् । उनीहरुले भत्काएको पश्चिम तर्फको बारलाई तत्काल यथास्थानमा पुर्ननिर्माण गरी रंंगशालालाई हस्तान्तरण गर्ने विज्ञप्तीमा उल्लेख गरेका छन् ।रंगशाला निर्माणको हाल रोकिएको कामलाई सुचारु गराउन धुर्मस सुन्तली फाउण्डेशनलाई आब्हान पनि गरिएको छ ।