राप्ती,२६ जेठ । पूर्वी चितवनको राप्ती नगरपालिकामा निर्माण गर्ने लागिएको भस्माडी तालको आइतबार प्रदेश नं ३ का शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति घनश्याम दाहाल “अभिनाश” सहितको टोलिले अनुगमन गरेको छ । अनुगमन टोलिले प्रदेश नं ३ को सामाजिक विकास र कृषि मन्त्रालयबाट विनियोजित भएको बजेटको अनुगमन गरेको हो ।

राप्ती नगरपालिका वडा नं ६ मा करिब ४५ विगाहा क्षेत्रफलमा उक्त ताल निर्माण गर्ने लागिएको हो । उक्त तालको अनुगमन गर्दै समितिका सभापति घनश्याम दाहाल “अभिनाश”ले पर्यटन विकासका लागि भस्माडी तालले ठूलो सहयोग पु¥याउने बताउनु भयो । उहाँले सो तालको संरक्षण गर्ने सकिए चितवनकै नमुना ताल बन्न सक्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले समितिले बजेट व्यवास्थापन गर्न नसक्ने बताउदैँ आवश्यक बजेटको व्यवस्थापन गर्ने मन्त्रालयलाइ सकारात्मक सुझाव दिने बताउनुभयो । ताललाइ अझै व्यवस्थित बनाउन ठूलो बजेटको आवश्यकता पर्ने भएकाले संघिय सरकारसँग पनि माग राख्न दाहालले राप्ती नगरपालिकाकी मेयर प्रभा बराललाई ध्यानकर्षण गराउनुभयो ।

२०५० सालको बाढीले बगाएर चौरमा परिणत गरेको भस्माडी ताल निर्माणका लागि प्रदेश सरकारको ५० प्रतिशत,नगरपालिकाको २० र समुदायको ३० प्रतिशत लगानी रहने राप्ती नगरपालिकाका उपमेयर इमान सिंह लामाले बताउनुभयो । उहाँले यस तालको निर्माण भएपछि यस क्षेत्रका जनताको जीवनस्तरमा समेत परिर्वतन आउने बताउनुभयो। उहाँले जल, जमिन र जंगलको समिश्रण भएको यस क्षेत्र राप्तीलाइ चिनाउने पर्यटकिय स्थल बनाउन राप्ती नगरपालिका लागेको जानाकारी दिनुभयो ।

ताल निर्माणका लागी प्रदेश नं ३ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, प्र्रधानमन्त्री कृषि आधुनिकरण परियोजना,राप्ती नगरपालिका, खगेन्द्र मल्ली उपोभोक्ता समिति, जनमुखि सहकारी संस्था र राप्ती एकता मध्यवर्ती सामुदायीक वन उपोभोक्ता समुहले सहकार्य गरेका छन । ताल निर्माणको काम धमाधभम भइरहेको छ ।