फिस्लिङ,२६ जेठ । चितवनको इच्छाकामना गाउँपालिका वडा न ३ को आर्थिक बर्ष २०७६÷७७ को दिगो विकासमा आधारित गौरवका योजना सहितको योजना तर्जुमा सम्बन्धि वडा स्तरीय छलफल तथा अन्र्तकृया कार्यक्रम समपन्न भएको छ ।
गाउँपालिकाका उपाध्यक्ष कृति कुमार श्रेष्ठको प्रमुख आतिथ्य तथा प्रशासकीय अधिकृत नरहरि सापकोटाको विशिष्ट आतिथ्यमा फिस्लिङमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै उपाध्यक्ष कृतिकुमार श्रेष्ठले वितरणमुखी नभई परिणाममुखी योनजनाहरु छनौट गर्न आग्रह आग्रह गर्नुभयो । साथै उहाँले गत आर्थिक बर्ष ७५÷७६ को २ करोड १५ लाख बजेट रकमानान्तर गर्न परेको भन्दै आवस्यकता र सम्पन्न गर्न सकिने योजना मात्र बनाउन आग्रह गर्नुभयो ।
प्रवक्ता सावित्री गुरुङले गाउँपालिका भित्र सम्पन्न भएका र संचालन भईरहेका योजनाका बारेमा जानकारी गराउनुभएको थियो ।


कार्यक्रममा प्रशासकीय अधिकृत नरहरि सापकोटाले गाउँपालिकाबाट हुने प्रशासनिक कामकारबाहीको बारेमा जानकारी समेत गराउनुभएको थियो । जनताले शास्ती नपाओस भनेर नियम कानुन र प्रकृयामा रहेर कसरी हुन्छ छिटो छरितो तरिकाबाट सेवा दिने प्रयात्नमा रहेको बताउनुभयो । कर्मचारी अभावका कारण सेवामा केही अफ्ठ्यारो सिर्जना भएको बताउनुभयो।


कार्यक्रममा नेकपाका जिल्ला सदस्य नारायण अधिकारीले कुन गाउँ टोलमा तत्काल के आवस्यकता त्यसलाई मध्यानजर गरि योजना निर्माण आवस्यक रहेको बताउनुभयो । साना–साना योजना भए पनि तत्काल जनताको जीवनमा प्रतक्ष्य प्रभाव पर्ने खालको योजना छ भने त्यसलाई प्राथमिकतामा राख्न उहाँले आग्रह गर्नुभयो । नेपाली कांग्रेसका जिल्ला सदस्य माध बहादुर घिमिरेले वडाको विकासका लागि सबै एक भएर लाग्नु पर्ने बताउनुभयो । विकासका योजना निर्माण गर्दा सबैलाई समेटिएर जान सुझाव दिनुभयो ।


कार्यक्रममा वडाअध्यक्ष गोवद्र्धन अधिकारीले वडामा रहेका सबै १२ वटा टोल विकासबाट भेला गरि योजनाहरु संकल भईसकेको बताउनुभयो । आवस्यकताको आधारमा योजना छनौट गरिने उहाँले बताउनुभयो । अध्यक्ष अधिकारीका अनुसार खानेपानी, स्वास्थ्य शिक्षा र मोटरबाटोको योजनाहरु बढी माग भएर आएको छ ।

कार्यक्रममा नेकपाका तीन नम्बर प्रदेश कमिटी सदस्य प्रकाश अधिकारी सहित अन्य राजनतिकि दलका प्रतिनिधि, वडा भित्र रहेको सबै संघसस्थाका प्रतिनिधिहरुको सहभागीता रहेका थिए । कार्यक्रममा सहभागीहरुले विकास निर्माणका कार्य गर्दा वातावरणीय प्रभावलाई मध्यजनर राख्न पनि आग्रह गरेका थिए । मोटरबाटो निर्माण गर्दा जंगल मासीन गई पानकिो मुहान सुकेको समेत उनहिरुले बताएका थिए ।
कार्यक्रम वडा सचिव रीता नेपाल अर्यालले संचालन गर्नुभएको थियो ।