कुरिनटार,२३ जेठ । कवि तथा साहित्यकार लक्ष्मण सापकोटा १८ दिने साहित्यिक दौड अभियानमा रहेका छन् । जेठ १८ गते काभ्रेप्लाञ्चोकको नमोबुद्धदेखि लुम्बिनी सम्मको साहित्यिक जागरण दौड अन्तरगत आज चितवनको इच्छाकामना स्थित कुरिनटारमा आइपुग्नुभएको छ ।
इच्छाकामना साहित्यिक प्रवाहले कवि तथा साहित्यकार सापकोटालाई एक कार्यक्रमकाबिच स्वागत गरेको छ । स्वागत कार्यक्रममा प्रवाहका अध्यक्ष कृष्ण प्रसाद पोखरेल, सदस्यहरु तेज विलास अधिकारी, एकराज पोखरेल, सुजन सापकोटा, रामनाथ त्रिपाठी, रोहिणी, राजेश त्रिपाठी लगायतले स्वागत सहित सम्मान गर्दै शुभकामना दिएका थिए ।
साथै साहित्यिक धावक सापकाटोले सर्बशान्ति मावि कुरिनटारमा पुगी आफ्ना जागरण सम्बन्धि कबिता विद्यार्थीहरु माझ बाचन गर्नुभएको थियो ।
यूवा पुस्तालाई जागरुक बनाई स्वदेशमै केही गर्ने उत्प्रेरणा जगाउने साथै धार्मिक धरोहरहरुको प्रचार प्रसार गरि राष्ट्रिय तथा अन्र्तराष्ट्रिय पर्यटक भित्र्याउन सहयोग पु¥याउने लक्ष्यका साथ १८ दिनको पृथ्वी राजमार्ग हुदैँ लुम्बिनी सम्मको साहित्यिक यात्रा सुरु गरिएको सापकोटाले बताउनुभयो ।
सापकोटा प्रथम हिमाल आरोही साहित्यकार हुनुहुन्छ ।