बुटवल, २२ जेठ । पश्चिम नेपालको बुटबल प्रमुख व्यापारीक केन्द्र हो । जसका यहाँ हरतरहका मानिसहरु बस्दै आएका छन् । भने सुरक्षा चुनौती पनि त्यहिकै मात्र रहेको छ ।
यसले गर्दा पनि ईलाका प्रहरी कार्यालय बुटबलमा धेरैका चासो रहन्छ । यहि कार्यालयमा कमाण्ड समालेका कार्यालयका प्रमुख एवं प्रहरी नायक उपरिक्षक दिल बहादुर मल्लले अपराधिक क्रियाकलापसगैँ लागुऔषध नियन्त्रणमा नयाँ रेर्कड बनाएका छन् ।
आफु बुटबलको प्रमुखको रुपमा जिम्मेवारी समालेसगैँ मल्लले विल्कुलै फरक तरिकबाट गर्ने एक्सन नै उनका लागि सफल सावित बनेका छन् । भने उनले अपराधिक क्रियाकलाप नियन्त्रण शतप्रतिशत सकसेक भएको समेत देखिन्छ ।
सरल स्वभाव भएपनि अपराध नियन्त्रणका लागि उनले स्टाईल यतिवेला नेपाल प्रहरीमा नै मल्ल स्टाईलका रुपमा समेत परिचित बनेको प्रहरी अधिकारीहरु बताउछन् ।
एकै पटक ४ सय ७६ विद्यार्थी पक्राउ
कुनै अपराध नियन्त्रण जरा समातियो भने राम्रो सफलता हासिल गर्नसक्निछ भन्ने हेक्का राख्ने मल्लले लागुऔषध नियन्त्रण, विकृत हाटउन एकै पटकमा ४ सय ७६ विद्यार्थी पक्राउ गरेको बताए ।
बुटबलका होटल तथा रेष्टुराँहरुमा विद्यार्थी उमेरका युवाहरु संलग्नता भएको थाहा पाएपछि आफ्नै विशेष टोली मार्फत होटल तथा रेष्टुराँहरुमा विकृतीजन्य क्रियाकलाप प्रत्यक्ष संलग्न तिनिहरुलाई पक्राउ गरेको बताए ।
१३ देखि १८ बर्ष उमेर समुहका ति युवायुवतीहरुलाई रगेहात मादक  डिसपी मल्लको एरिया कप्चर एण्ड क्वीक रेसपोन्स शैली यति बुटबलबासीहरुलाई निकै सार्थक बनेको छ । परिवारीक समस्या भएका र लहलहीमा लागेर ती युवायुवतीहरु गलत काम लागेको खुलेको समेत उनले बताए ।
बुटवलवासी हर्षित
यस्तै उनले गुण्डागर्र्दी, घरेलु मदिरा, लागुऔषध, जुवातास, विकृत यौन क्रियाकलाप, ट्राफिक कारबाही, जुवातास नियन्त्रणका लागि निकै आक्र्रमकका साथ थालेको अभियानले नै बुटवलवासी र्हषित बनेका छन् । प्रहरी जनता विच सहकार्यका लागि उनको प्रस्तुती र अपराध नियन्त्रण कार्यकौशल नै उनका लोकप्रिय पक्ष मानिन्छ । उनका बुटवलवासीमा उनी रुचाहीएका डिएसपी समेत बन्न सफल देखिएका हुन् ।