भारतमा ८ जना क्रू मेम्बरसहित तेह्र जना यात्री चढेको एयर फोर्स विमान एएन ३२ दिउँसोको १ बजेदेखि सम्पर्कमा आउन सकेको छैन ।भारतीय वायुसेनाको विमान आसामको झाेरहाटबाट अरुणाञ्चलमा रहेकाे मेचुका उपत्यकाका लागि उडेको थियो ।  दिउँसोको १२ : २५ मा बजे उडेको विमान एक बजेतिर सम्पर्कमा आएको थियो । त्यसपछि भने विमान सम्पर्कमा आएको छैन । विमान चीनकाे सीमाना नजिक बाट  हराएकाेले चीन को सेनाले झार्दिएको हुन सक्ने आश‌ंका गरिएकाे छ ।

भारतीय सञ्चार माध्यमका अनुसार विमानमा ८ जना क्रू मेम्बर र पाँच जना यात्रुसहित १३ जना चढेका थिए । विमानलाई खोज्नको लागि अहिले सबै उपलब्ध साधनको प्रयोग भइरहेको छ । तर अहिलेसम्म भने विमानको बारेमा केही पनि जानकारी आउन सकेको छैन ।

एएन ३२ विमान तीन वर्ष पहिले पनि हराएको थियो । जसमा भारतीय वायुसेनाका १२ जवान, ६ क्रू मेम्बर, एक नौसैनिक, एक सेनाका जवान र एकै परिवारका ८ जना सदस्य थिए ।

त्यसको खोजी कार्यको लागि आठवटा विमान, एक पनडुब्बी र तीन पोतको प्रयोग गरिएको थियो । तर पनि त्यो विमान आजसम्म भेटाउन सकिएको छैन ।  त्यस घटनालाई एउटा रहस्य मानिएको छ ।