मझिमटार,१८ जेठ । धादिङको वेनीघाट रोराङ गाउँपालिका वडा न ९ स्थित शंखादेवी माध्यमिक विद्यालय मझिमटारका २० जना शैक्षिक सामाग्री वितरण गरिएको छ । वहिनी फण्ड नेपालले कक्षा १ देखि कक्षा ६ सम्मका ११ जना चेपाङ छात्रा सहित १० जनालाई झोला र छाता, औषधी र ज्यामिट्री बक्स लगायत शैक्षिक सामाग्री वितरण गरेका हुन् ।
संस्थाका अध्यक्ष डा .उषा आचार्य र संयुक्त राष्ट्र संघका पूर्व राजदुत डा.जयराज आचार्यको सहयोगमा एक कार्यक्रमकाबिच वितरण गरिएको नेपाल चेपाङ शिक्षा विभाग प्रमुख तीलक चेपाङले जानकारी दिनुभयो ।
यहाँका चेपाङ बालबालिकाहरु अझै पनि तुइन र खिखिरेबाट त्रिशुली नदी पार गरि विद्यालय आउँछन् ।
यस शंखादेवी माविका जेहेन्दार, दलित र विपन्न वर्गका छात्राहरुलाई पनि कक्षा १२ सम्म निशुल्क पढाउने व्यवस्था मिलाउने संस्थाका अध्यक्ष डा.उषा आचार्यले आश्वासन दिनुभएको छ ।
वहिनी फण्ड नेपालले नेपाल,जापान र अन्य खाडी मुलुकहरुमा हाल सम्म २ हजार ६ सय विपन्न समुदायका बालबालिकाहरुलाई निस् शुल्क शिक्षाको व्यावस्था मिलाएको छ ।
यस संस्थाले धादिङमै पहिलो पटक नेपाल चेपाङ शिक्षा विभागको समन्वयमा सहयोग कार्यक्रम ल्याइएको हो ।