काठमाडौं,८ जेठ । सगरमाथाको उचाइ नाप्नका गएको नापी विभागको टोली सगरमाथाको शिखरमा पुगेको छ विभागको टोली बुधबार बिहान ३ बजेर १५ मिनेटमा सगरमाथा शिखरमा पुगेको पर्यटन विभागकी निर्देशक मिरा आचार्यले जानकारी दिइन्। उनले भनिन्, ‘टोली आइतबार विहान ३ बजेर १५ मिनेटमा सगरमाथाको शिखरमा पुगेको हामीलाई खबर आएको छ, टोली अहिले फर्किदैछ।’ नेपाल सरकारले पहिलोपटक सगरमाथाको उचाई मापनका लािग नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभागले आफ्नै स्रोतसाधनबाट सगरमाथाको उचाई मापन कार्य अगाडि बढाएको थियो। सगरमाथाको उचाई मापन गर्न नापी विभागका तालिम प्राप्त प्राविधिक कर्मचारीहरूगत चैत्र २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले बिदाई गरेका थिए। नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानसँगको सहकार्यमा कर्मचारीहरूले पर्वतारोहणसम्बन्धी तालिम लिएका थिए। प्रमुख नापी अधिकृत खिमलाल गौतमको नेतृत्वमा नापी अधिकृत रविन कार्की, सर्भेक्षक सुरजसिंह भण्डारी र अमिन युवराज धितालले सगरमाथाको उचाइ मापन गर्न त्यस तर्फ गएका थिए। जसमध्ये भण्डारी र धितालले वेशक्याम्पमा बसेर सम्पर्कसूत्रको काम गरिरहेका छन् भने, गौतम र कार्की भने सगरमाथाको चुचुरोमै पुगेका छन्। नापका लागि पाँचजना गाइडहरू खटाइएको छ। पिक प्रमोशन प्रालिमार्फत छिरिङ जाङ्बु शेर्माको नेतृत्वमा पेमा ङिमा शेर्पाले प्राविधिक कर्मचारी टोलीलाई चुचुरोसम्मै पुर्याउन मद्दत गरेका थिए भने आङ्बु शेर्मा, आङ पासाङ शेर्पा र केशव पौडेलले व्यवस्थापनको काम गरेका छन्।