धादिङ, ५जेठ । त्रिशुली नदीमा बस खस्दा मृत्यु हुने संख्या पाँच पुगेको छ । धादिङको गजुरी गाउँपालिका–६ बन्छेटारस्थित त्रिशुली नदीमा आइतबार बिहान बस खस्दा पाँच जनाको मृत्यु हो ।
चार जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।झापाको काँकडभिट्टाबाट काठमाडौं जाँदै गरेको ना७ख ४३८७ नम्बरको यात्रुवाहक बस बिहान ६ बजे त्रिशुली नदीमा खसेको हो । दुर्घटनामा २९ जना घाईते भएका छन् ।
घाईतेमध्ये १४ जनालाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि काठमाडौं पठाइएको छ भने अन्य घाईतेको गजुरी, आदामघाट र गल्छीमा रहेका स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
बस सडकबाट ६० मिटर तल त्रिशुली नदीमा खसेको हो । दुर्घटना स्थलमा नेपाली सेना, सशस्त्र प्रहरीको टोलीले उद्धार गरिरहेको छ । थप विवरण आउन बाँकी छ ।