आज मदन भण्डारी–जीवराज आश्रित स्मृति दिवस । चितवनको दासढुंगामा नेकपा चितवनले श्रद्धान्जली सभा सम्पन्न गरेको छ । बिहान करिब ८ बजे सुरु भएको श्रद्धाञ्जली सभामा चितवन भर बाट नेकपाका नेता कार्यकर्ताको सहभागिता रहेको थियोे ।
एमालेका तत्कालीन महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितको ०५० जेठ ३ गते आजकै दिन दासढुंगामा भएको जीप दुर्घटनामा परी मृत्यु भएको थियो । रहस्यमय मानिने यो दुर्घटनाबारे अहिलेसम्म कुनै तथ्य सतहमा आउन सकेको छैन । दुर्घटनाका साक्षी जीप चालक अमर लामाको हत्यापछि यो थप रहस्मय बन्न पुगेको छ ।
विचार, वाक पटुतालगायत कारणले चर्चित नेता भण्डारीले जनताको बहुदलीय जनवाद विकास गरेका थिए । एमाले र माओवादी केन्द्र एकीकृत भएर निर्माण भएको पार्टी नेकपामा अहिले यसलाई अंगीकार गर्नेबारे बहस चली रहेकोछ ।