कुरिनटार,३० वैशाख । इच्छाकामना गाउँपालिकाको वडा न ४ को आज आर्थिक बर्ष २०७५/७६को आवधिक योजनाको समिक्षा तथा भावी योजनाको बारेमा सरोकारवालाहरुसंगको छलफल र अन्र्तकृया कार्यक्रम सम्पन्न भएको छ । वडा भित्र रहेका विभिन्न टोल विकास संस्थाका प्रतिनिधि,राजनितिक दल, विभिन्न संघसस्थाका प्रतिनिधि लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा गाउँपालिकाक प्रवक्ता समेत रहनुभएका वाड सदस्य सावित्रि गुरुङले आर्थिक बर्ष ७५/७६ आवधिक योजना बारे जानकारी दिनुभएको थियो ।
गुरुङले ३७ मध्ये २७ओटा योजना सम्झौता हुनु पर्नेमा एक योजना मात्र सम्झौता हुन बाँकी रहेको जानकारी दिनुभयो। गुरुङले सबै टोलमा सडक सञ्जालले जोडीएको बातउनुभयो । यस आर्थिक बर्षमा २ करोड ६४ लाख ५० हजार बजेट मध्ये १ करोड १४ लाख सडकमा खर्चिएको छ ।कार्यक्रममा वडाअध्यक्ष होम बहादु रानाले कुनै पनि पार्टी व्यक्ति नभनी सबैलाई समान रुपमा लिएर काम गरिरहेको बताउनुभयो । वडावासी सल्लाह सुझाव अनुसार वडाको विकासका काममा आफु लागिरहेको बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि गाउँपालिकाकी अध्यक्ष गीता कुमारी गुरुङले ३ नम्बर वडामा विकासको गती तीब्र रुपम भईरहेको बताउनुभयो । ४ नम्बर वडाले अन्य वडाको भन्दा जनता सामु सम्पूर्ण कामको विवरण प्रश्तुत गरेकोमा प्रशंसा गर्नुभयो । विकासको काम त्या वा यो पार्टी नभनी एक भएर अघि बढ्न आग्रह गर्नुभयो ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष कृतिकुमार श्रेष्ठले राम्रा काममा सहयोग गर्न र नराम्रा कामको खबरदारी गर्न वडाबासीहरुालई आग्रह गर्नुभयो । विकासको काममा राजनिति गर्न नहुने उहाँको भनाई छ ।
कार्यक्रममा टोल विकास संस्थाका अध्यक्षहरुले काम कर्तव्य स्पष्ट नहुदाँ काम गर्न गाह्रो भएको बताएका थिए । साथै अन्य सहभागीहरुले वडाले अझै सडकको ढलको व्यावस्थापन गर्न नसक्दा सडकमा दुर्घटनाको जोखिम भएको, उपभोक्ता समिति गठन गर्दा सबैलाई नसमेटिएको, नदीजन्य प्राकृति बसतुहरुको उख्ननले बस्ती जोखिममा पर्दा पनि तटबन्धन नगरेको,स–साना वितरणमुखी बजेटहरु ल्याएको रोजगारमुलक कार्यक्रम नभएको लगायतका गुनासाहरु राखेका थिए ।