गर्मी मौसममा हामीले तेलबाट बनेको वा तेलमा फ्राई गरेको खान नखाने यदि तेलबाट बनेको परिकार खाएमा मेटाबॉलिज्म बिग्रन सक्छ जसका कारण बिरामी हुने सम्भावना रहने छ । गर्मीयाममा मसालेदार खानेकुरा, चीया, कफी, बाँसी, सढेगलेका खानेकुरा, चिल्लो पीरो, धेरै दिनसम्म फ्रिजमा राखेको खानेकुरा , जाँड रक्सी र सूर्तिजन्य पदार्थ, तेलबाट बनेको खानेकुरा खाँदा स्वास्थ्य गडबड हुन सक्छ । त्यसैगरि गर्मी मौसममा अन्डा खानाले इंफेक्शन गर्ने खतारा हुने भएकाले अन्डा कम खानु राम्रो हुन्छ ।

एजेन्सी–माछा कम खानेः गर्मी मौसममा माछा कम खाने किनकी माछाले गर्मीमा शरीर लाई हिट बनाउछ र शरीरबाट पसिनाको मात्र बढी निकाली दिन्छ र हाम्रो शरीरको पाचन प्रणाली बिगारी दिन्छ त्यस कारण माछा कम खानुपर्छ ।

जंक फूड ९चाउचाउ, लेज, कुरकुरे लगायत० र फास्ट फूड जस्ता खानेकुरामा चिल्लो बढी र पौष्टिक तत्व कम हुन्छ र चिल्लोको मात्रले हामीलाई निकै असर गर्ने भएकाले हामी यी खानेकुराबाट टाढै रहनुपर्छ । रातो मासुमा बढीमात्रामा बोसो भएका कारण गर्मीमा यसले कोलेस्टेरोल बढाउँछ । कोलेस्टेरोलकै कारण पेट सफा नरहने अनि झाडापखाला लाग्ने गर्दछ ।