इच्छाकामना गाउँपालिका नेपाली कांग्रेसले गरेको कार्यकर्ता भेटघाट तथा भेला कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले पार्टीलाई सङ्गठित गर्दै आगामी निर्वाचनमा पहिलो शक्ति बनाउनका लागि जागरण अभियान शुरु गरिएको बताएका छन् ।
कार्यकर्ता भेलामा नेता थापाले कार्यकर्ताको मनोबल उच्च बनाउन र एकता कायम गर्नका लागि जागरण अभियान महत्वपूर्ण हुने बताए मोटरसाइकल र्याली सहित कार्यक्रम स्थल पुराइएका नेता गगन कुमार थापाको हात बाट टीका लगाइ धन्दै सयजना अन्य पार्टीका नेता कार्यकर्ता नेपाली कांग्रेस प्रबेश गरेका छन ।
काँग्रेस इच्छाकामना गाउँपालिकाका संयोजक विष्णु कुँवर, काँग्रेस चितवनका निवर्तमान सभापति टेकप्रसाद गुरुङ्, प्रदेशसभा सदस्य मिलनबाबु श्रेष्ठ, इच्छाकामना गाउँपालिकाका अध्यक्ष गीताकुमारी गुरुङ्, काँग्रेस नेतृ सावित्री पुडासैनी, हिरा गुरुङ्, रामबहादुर लामालगायतले नबप्रबेशी लाई स्वागत तथा जागरण अभियानबारे आ–आफ्नो धारणा राखेका थिए ।
इच्छाकामना ४ नम्बर वडा बाट मात्र ५८ जना प्रबेश नामावली सहित
कांग्रेस इच्छाकामना ले हिजो राखेको कार्यकर्ता भेटघाट तथा भेला कार्यक्रममा नेकपा छोडी लगभग सयजना नेता कार्यकर्ता नेपाली कांग्रेस प्रबेश गरेका छन। नेकपाले दुई तिहाइको सरकार चलाइरहेको भए पनि सरकार जन साधरणको मुद्दामा लाचार बनेको नेता कार्यकर्ता भ्रस्टाचार र कमाउ धन्धामै लिप्त भएको आरोप लगाउदै वडा नम्बर ४ बाट जित बहादुर थापा को नेतृत्वमा ५८ जना नेकपा छोडी नेपाली कांग्रेस प्रबेश गरेको कांग्रेस इच्छाकामनाले जानकारी दिएको छ।
पार्टी प्रवेश गरिएको भनी कांग्रेसले तयार पारेको लिस्ट गलत – नेकपा
नेकपाको नेता कार्यकर्ता ठूलो संख्यामा कांग्रेस प्रबेश गरेको बारे नेकपा इच्छाकामना संग प्रतिक्रिया लिदा नेकपा इच्छाकामनाले यो सरासर झुटको खेती भएको आफ्ना नेता कार्यकर्ता कांग्रेसले दाबी गरे बमोजिम कांग्रेस प्रबेश नगरेको जनाएको छ। वडानम्बर ४ बाट लगभग ६० जना प्रवेश गरेको भनिएता पनि जम्मा ४ जना मात्र प्रबेश गरेको पाइएको साथै अन्य लाई जित बहादुर थापाले सडक को मिटिङ भनेर बोलाएको भएपनी कार्यक्रम स्थल पुगेपछी कांग्रेसको कार्यक्रम थाहा पाई कार्यक्रम स्थलमै नगएको जनाएको छ।
नामावली