कुरिनटार, २४ वैशाख । इच्छाकामना गाउँपालिकाको वडा न ३ को आज आर्थिक बर्ष २०७५/७६ को आवधिक योजनाको समिक्षा तथा आर्थिक बर्ष  ७६/७७ को भावी योजनाको बारेमा सरोकारवालाहरुको छलफल र अन्र्तकृया कार्यक्रम सम्पन्न भएको छ ।
जनप्रतिनिधि, बुद्धिजवि, संचारकर्मी तथा विभिन्न संघसस्थाका प्रतिनिधिहरु वडाका टोल विकास संस्थाका सदस्यहरु लगायतको सहभागीतामा कार्यक्रम सम्पन्न भएको हो ।


कार्यक्रममा सहभागीहररुले योजनाको उचित अनुगमन नभएको, विकास निर्माणमा बजेट विनियोजन गर्दा डिपिआर विना हचुवा गरिएको वताएका थिए । साथै उनिहरुले कृषिमा जोड दिनु पर्ने सुझाव दिएका थिए । उनिहरुले विभिन्न शिर्षकमा छुट्याइएको बजेटको प्रभावकारी कार्यन्वयन नभएको बताएका थिए ।


कार्यक्रममा वडाअध्यक्ष गोवद्र्धन अधिकारीले वडा भित्र रहेका कार्यक्रमहरुको बारेमा जानकारी गराउनु भएको थियो । आर्थिक बर्ष २०७५/७६ वडामा सवा २ करोड बजेट रहेका थिए । ५३ योजना मध्ये ५१ योजनाको सम्झौता भईरहेको छ भने १२ योजना सम्पन्न भईसकेको कार्यक्रममा अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।अध्यक्ष अधिकारीले विगतका कामको समिक्षा गर्दै भावी योजना निर्माण कसरी गर्न सकिन्छ भनेर सरोकारवाला बुद्धिजवि र स्थानियहरुसंग राय सल्लाह सुझाव लिनका लागि कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।


कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष गीता कुमारी गुरुङले समृद्धि इच्छाकामना निर्माण लागि वडा समृद्ध  हुन आवस्यक रहेको बताउनुभयो । वडालाई समृद्ध बनाउनका लागि सबै एक जुट भएर लाग्न आग्रह गर्नुभयो।योजना बनाउदाँ आवस्यकताालई प्राथमिकतामा राखेर अघि बढ्न आग्रह गर्नुभयो ।