काठमाडौं,२० वैशाख । आज सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ ।राष्ट्रपति विद्यादेवी भण्डारीले अपराह्न ४ बजे बस्ने संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत् गर्ने कार्यक्रम छ ।

राष्ट्रपति भण्डारीको सम्बोधन करिब एक घन्टाको हुने संसद सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएपछि दोस्रोपटक नीति तथा कार्यक्रम प्रस्तुत् गर्न लागिएको हो । यही नीति तथा कार्यक्रमका आधारमा सरकारले आर्थिक वर्ष २०७६र७७ को बजेट तयार गर्नेछ ।