मुग्लिन, १६ वैशाख । सिर्जनशील महिला जागरण केन्द्रले सिलाई कटिङ तालिम सुरु गरेको छ। आईतबार एक कार्यक्रमकाबीच गाउँपालिकाका उपाध्यक्ष कृतिकुमार श्रेष्ठ र वडाअध्यक्ष मोदराज सिलवालले तालिमको उद्घाटन गरेका हन् । पूर्व बन मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य शंकर भण्डारीले ४ वटा सिलाउने मेसिन सहयोग प्रदान गर्नुभएको थियो । सोही मेसिनबाट सिलाई कटिङ तालिम सुरु गरिएको केन्द्रका अध्यक्ष सावित्री पुडासैनीले जानकारी दिईन् । वडा न ४ मुग्लिनमा सुरु तालिममा २५ जना सहभागी छन् ।