वैशाख, ११ डडेल्धुरा । डढेलधुरामा बस दुर्घटना हुदाँ ६ जनाको मृत्यु भएको छ । धनगढीबाट बझाङ जाँदै गरेको ना ६ ख १८३१ नम्बरको यात्रुबाहक बस भिमदत्त राजमार्गको गन्यापधुरा गाउँपालिका–१ साहुखर्कमा दुर्घटनामा हुँदा ६ जनाको मृत्यु भएको हो ।

मृतकको सनाखत हुन सकेको छैन । २५ जनाभन्दा बढी घाइते भएका छन् ।बस बुधबार बिहान पौने ५ बजेतिर सडकबाट अन्दाजी २ सय मिटर तल खसेको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले घटनास्थलबाट जानकारी दिए ।

घाइतेहरुलाई उद्धार गरी उपचार गर्न उपक्षेत्रीय अस्पताल डडेल्धुरामा लगिएको प्रहरीले जनाएको छ