इच्छाकामना,९ वैशाख । चितवन उद्योग संघको पहलमा पर्यटकीय दृष्टिकोण एवं ऐतिहासिक धरोहरको रुपमा विकसित हुँदै गएको उपरदाङ्गगढी ९किल्ला० मा बैशाख ०८ गते आल्मुनियम पोल, सोलार प्यानल सहितको राष्ट्रिय झण्डा गाडिएको छ । ९.५ मिटर अग्लो ग्याल्भनाइज उक्त पोलमा दुईवटा २०० वाटको सोलार प्यानल, १००० एच, १२ भोल्डको ब्याट्री चितवन उद्योग संघका प्रशासकीय अधिकृत गोविन्दप्रसाद पौडेल सहित प्राविधिक टोलीको प्रत्यक्ष निगरानीमा जडान गरिएको हो । यसअघि २०७५ पौष १४ गते चितवन उद्योगका अध्यक्ष भेषराज दुवाडीको नेतृत्व र प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको प्रमुख आतिथ्यतामा उपरदाङ्गगढी ९किल्ला० भित्र राष्ट्रिय झण्डाको झन्डोलोतन समेत गरिएको थियो ।
नेपाल एकीकरणपछि सामरिक दृष्टिकोणले ‘अग्लो ठाउँ सुरक्षित हुने’ भन्दै पृथ्वीनारायण शाहका नाति तथा उपरदाङ्गढी क्षेत्रका तत्कालीन प्रशासक शत्रुभञ्जन शाहले वि।सं १८५७ मा गढीको स्थापना गरेको जानकारहरू बताउँछन् । १९६० सालसम्म सोही किल्लालाई चितवनको सदरमुकामका रूपमा पनि प्रयोग गरियो । चारैतिर भिरालो जमीन र बीचमा रहेको थुम्को गढीको विशेषता हो । यो गढी ६ सय ३९ वर्ग मिटर र समुद्री सतहबाट १ हजार २ सय ७५ मिटर उचाइमा रहेको छ । चौघेरामा रहेको ढुङ्गाले बनेको गढीको किल्ला प्रवेश गर्ने एक मात्र ढोका रहेको छ । यसमा लगाइएको ढुङ्गाको पर्खाल ६ मिटर अग्लो र ३ मिटर चौडा छ । किल्लाभित्र कोतघर, पानी जम्मा गर्नका लागि इनार र चौतर्फी सुरक्षा घेराका लागि बनाइएका नौओटा प्वाल छन् । उपरदाङगढी चितवनमा भए पनि यो नाम देशकै इतिहाससँग जोडिएको छ । उपरदाङगढी चितवनको पुरानो सदरमुकाम हो, जसको इतिहास नेपालको एकीकरणसँग जोडिएको छ ।