काठमाण्डौं, ८ बैशाख । त्रिभुवन विमानस्थलबाट आइतबार एक किलो ६ सय ग्राम सुन बरामद भएको छ। प्रहरीले चेकजाँचका क्रममा विमानस्थलबाट सुनसहित दुई जना कम्बोडियन र दुई थाई नागरिकलाई पक्राउ गरेको हो। थाई एयरबाट नेपाल आएका उनीहरुले ६ वटा चुरा र ३ पिस बिस्कुट आकारमा पाखुरामा लुकाएर ल्याएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो। घटनाको विस्तृत विवरण आउन बाँकी छ।