चितवन ८ बैशाख । जीप सफारीमा पर्यटक ठगिएको गुनासो आउन थालेपछि सौराहाका व्यवसायीहरु सचेत भएका छन । मनपरी मुल्य लिएर पर्यटकलाई ठगी गर्ने प्रबृद्धि बढ्दै गएपछि सौराहाका व्यवसायीले सर्बपक्षिय भेलाको आयोजना गरी जीप सफारीको शुल्क निर्धारण गरेका हुन् ।
रेष्टुरेष्ट एण्ड बार एशोसियसन९रेवान० सौराहाको अगुवाईमा क्षैत्रीय होटल संघ सौराहा सहितका संघसंस्था र व्यवसायीहरुको भेलाले शुल्क निर्धारण गरेको रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरीले जानकारी दिए ।
जीप सफारी गर्ने चाहने पर्यटकलाई प्रतिव्यक्ति ८०० र रिजर्भको ६ हजार ५०० रुपैया निर्धारण गरिएको छ । गाइड अफिस र होटलहरुले जीप सफारीको लागि बुकिङ गरे होटलहरुले प्रतिव्यक्ति ८०० रुपैया बुझाउने र रिजर्भ गरे पर्यटकबाट ६ हजार ५०० रुपैया बुझाउने व्यवस्था गरिएको छ ।
भेलामा क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष सुमन घिमिरे,युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारी,वडा नं ७ का वडा अध्यक्ष राजन भट्ट,वडा नं ६ का कार्यबहाक अध्यक्ष किरण महतो लगायत सौराहाका पर्यटन तथा जीप व्यवसायीहरुको सहभागिता रहेको थियो । करिव १०० वटा जीपले पर्यटकलाई कुमरोज सामुदायिक वन र विसहजारी तालको अबलोकन गराउदै आएका छन ।