काठमाडौं,६ वैशाख । सर्वोच्च अदालतले पब्जी खेल प्रतिबन्ध लगाउने सरकारी निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
यसअघि चैत्र अन्तिम साता प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोको विशेष आग्रहमा नेपाल दूरसञ्चार प्राधिकरणले पब्जी खेल प्रतिबन्ध गर्न लगाएको थियो । धेरै युवा तथा बालबालिकामा यसको लत लागेको भन्दै आलोचना हुने गरेको छ।
पब्जी दक्षिण कोरियाली कम्पनीले विकसित गरेको एउटा एप हो। यसमा खेलाडीले एकअर्कालाई सफाया गर्छन्। सन् २०१७ मा सुरु भएको यो खेल गत डिसेम्बरसम्म २ सय मिलियनभन्दा बढि डाउनलोड भइसकेको छ।