कुरिनटार,४ वैशाख । बलगौरी पाथीभरा सिंहदेवी माई मन्दिर प्रांगणमा मेला लाग्ने भएको छ । चितवनको साविकको (काउले गाविस) इच्छाकामना गाउँपालिका वडा न. २ मायाटार स्थित पन्थचुली डाडाँमा रहेको मन्दिरमा विगतका बर्षहरुमा जस्तै यस बर्ष पनि यही बैशाख ५ गते साँझ देखी ६ गते दिनभर मेला लाग्ने भएको हो ।
मेलामा ख्याती प्राप्त राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रश्तुती रहने आयोजक मन्दिर समितिले जनाएको छ । लोक दोहोरी गायकहरु पृथ्वी गुरुङ, सितल गुरुङ, दानु गुरुङ, कल्पना गुरुङ र सुनिता थापा मगर लागयतको प्रश्तती रहने छ ।
हरेको बर्ष चैते दशैपछिको पूर्णीमामा लाग्ने यस मेलामा चितवन, धादिङ, तनहुँ गोरखा लगायत जिल्लाबाट पुजाआजा गर्न र मेला हेर्न आउने गर्छन् ।सन्तान नभएकाहरुले सन्तान मागेमा प्राप्ती हुने धार्मिक विश्वास रहेको छ ।
धार्मिक पर्यटकीय सम्भावना रहे पनि प्रचार प्रसार र भौगोलिक विकटताका कारण पछाडी परेको छ । पछिल्लो समय शक्तिखोर –दारेचोक ग्रामिण सडक निर्माण भएपछि सवारी साधनमा मन्दिर सम्म पुग्न सकिन्छ ।
धादिङको मौवाखोला, हुग्दिखोला र चितवनको कालिका नगरपालिका स्थित शक्तिखोरबाट चितवनको पुरानो सदरमुकाम एतिहासिक उपर्दाङगढी हुदैँ जान सकिन्छ ।