कुरिनटार , २२ चैत । इच्छाकामनाका अग्निपीडितलाई आर्थिक र खाद्यान्न सहयोग गरिएको छ । इच्छाकामना गाउँपालिकाको कार्यालय कुरिनटारले चैत ८ गते आगा लागीबाट पीडित परिवारहरुहरु रामचन्द्र चेपाङ रामकृष्ण चेपाङ र दीपक चेपाङको परिवारलाई नगद ५५ हजार सहयोग हस्तान्तरण गरेका हुन् । प्रतिनिधिसभा कानुन, न्याय तथा मानवअधिकार समितीका सभापती तथा चितवन क्षेत्र नं. २ का प्रतिनिधिसभा सांसद सांसद कृष्णभक्त पोखरेलको उपस्थितिमा सोही ठाउँमा पुगेर वडा अध्यक्ष पञ्च बहादुर चेपाङले आगा लागिबाट मृत्य भएका ६ महिने बालक शिव चेपाङका परिवारलाई नगद रु ३५ हजार र अन्य दुई परिवारलाई १० हजारका दरले नगद प्रदान गरेका हुन् ।
यसैबीच सोही अवसरमा नेपाल चेपाङ संघ चितवनले एक घरका लागि १७ हजारको जस्ता पाता वितरण गरिएको छ । नेपाल चेपाङ संघ चितवनका अध्यक्ष लक्ष्मण चेपाङले आजै हस्तान्तरण गर्नुभएको हो ।

मस्र्याङ्दी बहुउदेश्यिय सहकारी संस्था लि. मुग्लिनले पनि १५ हजार बराबरको चामल, नुन तेल दाल लगायतका खाद्यान्न सामाग्रीहरु सहयोग गरेका छन् । संस्था का अध्यक्ष तेज बहादुर शेरचन, उपाध्यक्ष किशोर गुरुङ र प्रबन्ध निर्देशक कुमार श्रेष्ठले सांसद पोखरेलको उपस्थितिमा सहयोग हस्तान्तरण गरेका हुन् ।
सहयोग हस्तान्तरण कार्यक्रममा सांसद कृष्ण भक्त पोखरेल सहित जिल्ला समन्वय समिति चितवनका सभापती कृष्णकुमार डल्लाकोटी, नेकपा प्रदेश नम्बर ३का प्रदेश सदस्य प्रकाश अधिकारी, नेकपाका संयोजकहरु प्रताप गुरुङल, दान बहादुर गुरुङ नेकपाका नेतृ जुनाराज भण्डारी ल गायतको उपस्थिति रहेका थिए ।