कुरिनटार, २१ चैत । इच्छाकामना गाउँपालकाका अध्यक्ष गीता कुमारी गुरुङले पत्रकाहरुलाई समृद्धिका लागि कलम चलाउन आग्रह गर्नुभएको छ। नवगठित इच्छाकामना संचारकर्मी समूहद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा शुभकामना दिदैँ अध्यक्ष गुरुङले देशमा परिवर्तनका लागि पत्रकारले ठूलो भूमिका खेलेको भन्दै अब समृद्धिकाका लागि कलम चलाउन आग्रह गर्नुभएको हो ।
उहाँले भन्नुभयो,“ हिजो राणा देखि राजा फाल्नका लागि पत्रकारको जुन मत्वपूर्ण भूमिका रहेको थियो अव विकास गर्ने बेला आएको छ , कलम विकासका लागि चल्नुपर्छ स्थानीय सरकारले गरेको राम्रा नराम्रा कार्यकहरुको जनतामाझ ल्याउनुपर्छ ,कहाँ विकास भयो कहाँ भएन कहाँ अनियमितता भयो यसलाई पत्रकारले तथ्यपरक रुपमा जनता माझ पु¥याउन आवस्यक छ ।उहाँले नवगठित संचारकर्मी समूहलाई बधाई तथा शुभकामना दिदैँ सफलताको कामना गर्नुभयो ।
कार्यक्रममा शुभकामना दिदैँ गाउँपालीकाका उपाध्यक्ष कृतिकुमार श्रेष्ठले पत्रकारले जनप्रतिनिधिहरुले गरेको राम्रा नराम्रा दुबै कामलाई जनता माझ ल्याउन आवस्यक रहेको बताउनुभयो । कमी कमजोरीहरु बाहिर ल्याइदिदाँ सच्चिने मौका पाउने उहाँको भनाईछ । पत्रकारहरुले विकास र समृद्धिका लागि कलम चलाउनु पर्ने बताउनुभयो ।
चितवनको इच्छाकामना गाउँपालिकामा इच्छाकामना सञ्चारकर्मी संघ स्थापना गरिएको छ । गाउँपालिका भित्र विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकार तथा सञ्चारकर्मीहरुलाई संगठित गर्दै इच्छाकामना सञ्चारकर्मी समूह गठन गरिएको हो । गत चैत ६ गते फागु पूर्णिमाको दिन गठन गरिएको उक्त समूहको आज एक कार्यक्रम गरि औपचारिक घोषणा गरिएको छ ।
आज घोषणा गरिएको समूहको अध्यक्षमा इच्छाकामनाको पूरानो पत्रकार रोहिणी प्रसाद त्रिपाठीलाई अध्यक्षमा चयन गरेको छ । यस्तै समूहको उपाध्यक्षमा इच्छाकामना एफएमका स्टेशन प्रमुख दान बहादुर गुरुङ, सचिवमा मनकामना एफ एमका स्टेशन प्रमुख चित्र बहादुर गुरुङ, सह–सचिवमा रासस प्रतिनिधी हिरालाल गुरुङ, कोषाध्यक्षमा इच्छा खबर अनलाईनका संजय पोखरेल, सदस्यहरुमा एभिन्युजकर्मी विनोद श्रेष्ठ, इच्छाखबर अनलाईनका सम्पादक बिपी त्रिपाठी, इच्छाकामना एफएमका आश्मा सिलवाल, सन्तोष विश्वकर्मा रिदम विश्वकर्मा लगाएतका रहेका छन् ।
घोषणा कार्यक्रममा इच्छाकामना गाउँपालिकाका अध्यक्ष गिता कुमारी गुरुङ, उपाध्यक्ष कृति कुमार श्रेष्ठ, प्रवक्ता सावित्री गुरुङ, ३ का वडाध्यक्ष गोवद्र्धन अधिकारी, ५ का वडाध्यक्ष मोदराज सिलवाल र ६ का वडाध्यक्ष भुपेन्द्र चेपाङ्गको उपस्थिती रहेको थियो । यस्तै नेकपाका जिल्ला सदस्य जुना राजभण्डारी, नेपाली कांग्रेसका इच्छाकामना सभापति विष्णु कुवर, ट्राफिक प्रहरी इन्चार्ज इन्द्र घिसिङ्ग, इच्छाकामना उद्योग वाणिज्य संघ अध्यक्ष कल्याण गुभाजु लगायत विभिन्न सुरक्षा निकायका प्रमुखहरु र स्थानीय संघ संस्थाका प्रमुख प्रतिनिधीहरुको पनि उपस्थिती रहेको थियो । कार्यक्रममा सहभागीहरुले एकापसमा नयाँ वर्ष २०७६ सालको शुभकामना आदान प्रदान पनि गरिएको थियो ।