काठमाडौं,१९ चैत । राष्ट्रिय ध्वा।जाबाहक नेपाल वायुसेवा निगमका उच्च अधिकारीहरु विदेशी वायुसेवा कम्पनीको प्रलोभनमा पर्दा पर्याप्त गन्तव्य हुँदाहुँदै पनि जहाज थन्क्याएर नयाँ गन्तव्य खोज्दै हिँडेको पाइएको छ ।
निगमसँग अन्तर्राष्ट्रिय उडान गर्ने एक बोइङ, दुई न्यारो बडी र दुई वाइड बडी गरी पाँच जहाज छन् । तीमार्फत निगमले एक दिनमा ७० घण्टा उडान गर्न सक्छ । तर, अचेल दैनिक सरदर ३४ घण्टा मात्रै जहाज उडिरहेको तथ्यांक छ उडाउनु पर्नेभन्दा आधा समय मात्रै उडाउँदा पनि जहाजको आम्दानीमा रामै्र छ । यो समाचार नागरिकमा खिलक बुढाथोकीले लेखेका छन् ।