चितवन, १८ चैत । कुरिनटामा तीन ओटा सवारी एकआपसकमा ठोक्किदाँ एक जनाको मृत्यु भएको छ। पृथ्वीराजमार्ग अन्तरगत इच्छाकामना गाउँपालिका ४ कुरिनटार स्थित सर्बशान्ती मा।वि। परिक्षा केन्द्रमा एसइई परिक्षा दिने बिद्यार्थी बोकेर मुग्लिङ बाट आउदैँ गरेको बा३ ख ७९९३ को यात्रुबाहक बसमा सोही दिशा बाट आएको ना४ च ३२९० नम्बरको डेलिभरी भ्यान र बा९०प ८१३२ नम्बरको मोटरसाइकल आज विहान ७ स् ३० बजे एकआपसमा ठक्कर खादा धादिङ ज्यामरुङका बर्ष ३५ का राजन धमलाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख चन्द्र कुमार गिरीले जानकारी दिनुभयो । धमलाको उपचारको क्रममा विहान १० बजे मृत्यु भएको प्रमुख गिरिले बताउनुभयो ।
दुर्घटनाका कारण बारे अनुन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।