चितवन, ८ चैत । चितवनको इच्छाकामनामा आगालागीमा परि एक बालकको मृत्यु भएको छ । इच्छाकामना गाउँपालिका २ फौदतमा आगालागीमा परि रामचन्द्र चेपाङका ६ महिने छोरा शिव चेपाङको मृत्यु भएको हो ।
आगालागीमा परी तीन घर समेत जलेर नष्ट भएको छ । रामचन्द्र चेपाङ, रामकृष्ण चेपाङ र दीपक चेपाङको घर पूर्णरुपमा जलेर नष्ट भएको घटना स्थलबाट आधारभुत विद्यालय मैतेसका शिक्षक ज्ञान बहादुर प्रजाले जानकारी दिनुभयो । शिक्षक प्रजाका अनुसार आगालागी आज दिउँसो २ बजेको समयमा भएको हो ।
आगो स्थानियले नियन्त्रणमा लिएका छन् ।
इलाका प्रहरी कार्यालय मुग्लिनबाट प्रहरी घटनास्थल पुगेको प्रहरी निरिक्षक नविन बुढाथोकीले जानकारी दिनुभयो । घटना स्थल विकट र टाढा रहेकाले ढिला गरि खबर प्राप्त भएको बुढाथोकीले बताउनुभयो । आगा लागिका कारण खुल्न सकेको छैन । घटना स्थल मुग्लिनबाट सवारी साधनमा ३ घण्टामा पुग्न सकिन्छ ।