गोरखा, २२ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारी बिहिबार गोरखा आउने भएकी छिन् । मनकामना मन्दिरको जिर्णोद्धार सु सम्पन्न तथा दाता सम्मान कार्यक्रममा सहभागी हुन राष्ट्रपती भण्डारी गोरखा आउन लागेकी हुन् ।

राष्ट्रपति भण्डारी बिहिबार १ बजे हेलिकोप्टरबाट मनकामना मन्दिर आउने मनकामना मन्दिर जिर्णोद्धार समितिका अध्यक्ष नरेन्द्रबाबु श्रेष्ठले जानकारी दिए । सोही अबसरमा उनले मन्दिरमा विशेष पुजाआजा पनि गर्ने भएकी छिन् ।

कार्यक्रममा मन्दिर पुननिर्माणको आयब्यय सार्वजनिक गरीने भएको छ । पहिलेदेखि नै जिर्ण मन्दिर भुकम्पले क्षति पु¥याएपछि २०७२ साउनमा जगैदेखी भत्काएर पुननिर्माण थालिएको थियो । करीब १५ करोड रुपैयाँको लागतमा चार महिनाअघि मन्दिर पुनर्निमाण सम्पन्न भएको हो ।