चितवन, १ फागुन । भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रक्त क्यान्सरका बिरामीका लागि छुट्टै वार्ड सञ्चालनमा आएको छ ।
“अहिले बेडको क्षमता नपुगेर बिरामीलाई भर्ना नगरी फर्काउनुपर्ने अवस्था छैन”, उनले भने, “जोखिम न्यूनीकरण गर्न मेडिकल अङ्कोलोजीमा रक्तक्यान्सरका बिरमीका लागि छुट्टै वार्डबाट सेवा दिन शुरु गरेका छौ ।” निर्देशक आचार्यका अनुसार यसअघि बेड अभावका कारण केमोथेरापी लिन आएका बिरामीलाई फिर्ता पठाउनुपर्ने बाध्यता थियो । रक्त क्यान्सरका विरामीलाई नियमित केमो दिनुपर्ने, लामो समयसम्म उपचार गर्नुपर्ने र सुरक्षित ढङ्गबाट उपचार गर्नुपर्ने भएकाले छुट्टै वार्ड सञ्चालनमा ल्याइएको उनले बताए। रासस