राजेश रुम्बा
भण्डारा २९ माघ । पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले व्यावसायिक शिक्षामा जोड दिनु पर्ने बताएका छन् । चितवनको राप्ति नगरपालिका भण्डारा मावीको ४९ औँ वार्षिकोत्सवमा सम्बोधन गर्दै पाण्डेले जागिर भन्दा व्यवासयिक जीवन उचित हुने भएकाले सबै जना कुनै न कुनै व्यवसायमा आवद्ध हुनुपर्ने बताउँदै व्यावसायिक शिक्षामा जोड दिनु पर्ने बताएका हुन् ।
अध्ययन गर्दा र अध्ययनरत रहंदा व्यावसायिक शिक्षा लिनुपर्ने भन्दै सांसद पाण्डेले समय अनुकुल प्राविधिक शिक्षातर्फ विशेष जोड दिनुपर्ने आजको आवश्यकता रहेको बताए ।

  कार्यक्रममा प्रदेश ३ का भूमी व्यवस्था, कृषी तथा सहकारी मन्त्री दावा दोर्जे लामाले सामुदायिक विद्यालयको गुणस्तर सुध्रिदै गएको बताए । विद्यालयको संरचना जे जसरी स्तरोन्नती भएको छ सोहि अनुरुप परिणाम नदेखिए पनि पछिल्लो समय सुधारन्मुख रहेको उल्लेख गरे । मन्त्री लामाले भने,‘ हिजोको दिनमा भन्दा आज विद्यालयको मुहार निकै फेरीएको छ ।’

कार्यक्रममा राप्ती नगरपालिकाका उप मेयर, वडा अध्यक्ष लगायतले मन्तव्य राखेका थिए । यस्तै नगरमा रहेका विद्यालय प्रधानध्यापकहरु र विद्यालय स्रोत ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा विद्यालयलाई विभिन्न माध्यमबाट योगदान पु¥याउने ब्यक्तिहरुलाई सम्मान गरेको थियो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राम बहादुर सारु मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भोज राज तिवारीले विद्यालयको प्रतिवेदन प्रस्तुत गरेका थिए। सह–प्रधानाध्यापक कुमार सिंह लामाले स्वागत मन्तव्य राखेका थिए भने शिक्षक लक्षमण बर्तौलाले कार्यक्रम सञ्चालन गरेका थिए ।