कुरिनटार ,२६ माघ । बस र ट्रक एकआपसमा ठोक्किदाँ १२ जना घाईते भएका छन् । नारायणगढबाट काठमाडौँ जादैँ गरेको बा ४ ख ७३९० नम्बरको बस र विपरित दिशाबाट आईरहेको ना ६ ख ६३९५ नम्बरको ट्रकसंग पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका ४ घोप्टे भिरमा विहान ९ ः ३० बजे बसले ओभरट्याक गर्ने क्रममा ठोक्किदाँ बसमा सवार १२ जना यात्रु घाईते भएका हुन् । घाईतेहरुलाई उद्धार गरि उपचारका लागि भरतपुर पठाइएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
यसैबीच रोकिराखेको ट्रकमा बस ठोक्किँदा १६ जना घाइते भएका छन् । इच्छाकामना गाउँपालिका–३ मौवाखोलामा काठमाडौँबाट भैरहवातर्फ आउँदै गरेको लु१ख ८८४६ नंको बस बिग्रेर रोकिराखेको ना६ख ८१८५ नंको ट्रकमा पछाडिबाट ठक्कर खाँदा बसमा सवार १६ घाइते भएका हुन् ।
गएराति १ः४५ बजे भएको सो दुर्घटनामा घाइतेमध्ये १४ को पुरानो मेडिकल कलेज र दुईको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय जनाएको छ । बस र बसका चालकलाई मुग्लिन इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।