चितवन, २० माघ । भरतपुर महानगरपालिकामा निर्माणको घोषणा गरिएकोे गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालाको स्थापनाको खुसीयालीमा भरतपुरमा आज वृहत नागरिक ¥याली निकालिएको छ।

 

आज विहान १० बजे भरतपुरको चौविसकोठीवाट शुरु भएको नागरिक ¥यालीमा महानगर प्रमुख रेनु दाहाल र रंगशाला निर्माणको जिम्मा पाएको धुर्मुस सुन्तली फउण्डेशनका सिताराम कट्टेल “धुर्मस” पनि सहभागी रहेका थिए । राष्ट्रिय झण्डा सहित हजारौं सर्वसाधरणको उपस्थितिमा रहेको ¥याली भरतपुरको चौविसकोठीवाट, मङ्गलपुर बजार, १६ नम्वर वडा कार्यालय हुदैं रंगशाला निर्माण स्थल पुगेका छन् ।

केहीबेरमा रंगशालाको जिल्ला घोषणा र डिपिआर शुभारम्भ गरिने छ।

तस्बिर  : दिनेश दर्पण दराई