काठमाडौं,१९ माघ । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ। नेपाल आयल निगमले शनिबार प्रेस विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल र मट्टितेल लगायतका पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर २ रुपैयाँको दरले बढेको जानकारी गराएको हो।
विगत डेढ महिना जति अन्तर्राष्ट्रिय बजारमा आएको कच्चा तेलको गिरावटले पेट्रोलियम पदार्थको खरिद मूल्यमा कमी आएको कारण आफू घाटामा गएको निगमले बताएको छ।
इण्डियन आयल कर्पोरेशनबाट १६ जनवरी २०१९ मा पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ २५ र डिजेलजमा ४ रुपैयाँ २८ पैसाका दरले नयाँ मूल्यसूची आएकाले मूल्य बढाउनु परेको निगमले जनाएको छ।
इच्छाखबर संवाददाता












