कुरिनटार, १२ माघ । इच्छाकामना चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । चितवनको इछाकामना गाउँपालिका वडा न.२ छापडाँडाका २५ बर्षिय राजु चेपाङको गएराती घरमा सुतीरहेको अवस्थामा चट्याङ लागेर मृत्यु भएको स्थानिय शिक्षक मान बहादुर मैनालीले जानकारी दिनुभयो । चट्याङ लागेर एक भैँसी र गाई समेत मरेको मैनालीले बताउनुभयो । अहिले इलाका प्रहरी कार्यालय मुग्लिनबाट प्रहरी घटना स्थल पुगेको निरिक्षक नबिन बुढाथोकीले जानकारी दिनुभयो । गएराती ११ बजे तिरको घटना भए पनि ढिला गरि बिहान १०बजे मात्र खबर आएको प्रहरी निरिक्षक बुढाथोकीले बताउनुभयो । घटना स्थल पृथ्वी राजमार्ग अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका ३ स्थित फिस्लिङबाट कच्ची सडक २ घण्टाको सवारी साधनको यात्रा पछि पुग्न सकिन्छ ।