वडा न २ काउलेमा रहेको आधारभुत विद्यालय मायाटारका १९३ विद्यार्थीहरुलाई बुधबार कापी कलम झोला र ट्राउजर वितरण गरेका हुन् ।
अनन्त आशा नेपालका संयोजक तारा महर्जन नेकपा इच्छाकामनाका नेतृ सावित्री सिलवाल लगायतको टोली विद्यालय नै पुगेर शैक्षिक सामाग्री र कपडा वितरण गरेका हुन् । साथै विद्यालयका बालबालिकाहरुलाई खाजा पनि खुवाए थिए ।


वितरण कार्यक्रममा वडाअध्यक्ष पंच बहादुर चेपाङ लगायतको उपस्थिति रहेको थियो । कक्षा ८ सम्म पढाई हुने उक्त आधारभुत विद्यालयमा १९३ मध्ये ७३ प्रतिशत चेपाङ बालबालिकाहरु हरेको प्रधानाध्यापक पदम बहादुर चेपाङले बताए । जाडोमा न्यानो कपडा नहुनु र कापी कलम किन्ने पैसा नहुदाँ विद्यार्थीहरु नियिमित विद्यालय नआउने उनले बताए ।
कापी कलम झोला र कपडा पाएपछि बालबालिकाहरु खुसी भएका छन् ।


पिछडीएका समुदायका बालिबालिकालाई शिक्षित बनाइ स्वावलम्बी नागरिक बनाउने उद्देश्यले स्थापना भएको अनन्त आशा नेपालले विद्यालय जान बञ्चित भएका विपन्न बालबालिकाहरुलाई विद्यालय सम्म जानका लागि प्रेरित र सहयोग गर्दै आएको संयोजक तारा महर्जनले सो अवसरमा जानकारी दिईन् ।
संस्थाले शिक्षा सँगै स्वास्थ्य र सीपमुलक कार्यक्रमलाई समेत प्राथमिकतामा राखेर काम गर्दै आएको उनले बताईन् ।