चितवन ,६ माघ । इच्छाकामनाका चेपाङहरुलाई सिलिपिङ ब्याग वितरण गरिएको छ । नेपाल चेपाङ संघ चितवनको संमन्वयमा नेपाल आदीवासी जनजाती महासंघले चितवनको विकटमा रहेको इच्छाकामना गाउँपालिका वडा न. २ का ३०० चेपाङ परिवारलाई शनिबार सिलिपिङ ब्याग वितरण गरिएको हो ।
नेपाल आदीवासी जनजाती महासंघका उपाध्यक्ष सोनाम लामाले भौगोलिक विकटताका कारण सहयोगीहरु नआउने भएकाले यहाँका गरिब चेपाङहरुलाई सहयोगका लािग छनौट गरिएको बताउनुभयो ।
कठ्याङिग्रदो जाडोमा न्यानो सिलिपिङ ब्याग सहयोग गरेकोमा वडाअध्यक्ष पंच बहादुर चेपाङले सहयोगीहरुलाई धन्यावाद दिनुभयो ।
यहाँका प्राय चेपाङहरु दिनमा घाम र रातमा आगोको भर पर्नुपर्ने अवस्थामा रहेको स्थानिय शिक्षक पदम चेपाङले बताउनभयो ।
जाडोमा न्यानो सिलिपिङ व्याग पाएपछि बलमान चेपाङले खुसी व्यक्त गर्दै सहयोगी संस्थालाई धन्यावाद दिनुभयो ।
व्याग वितरण कार्यक्रममा नेपाल आदीवासी जनजाती महासंघका उपाध्यक्ष सोनाम लामा,नेपाल चेपाङ संघ चितवनका अध्यक्ष लक्ष्मण चेपाङ, नेपाल जिरेल संघका अध्यक्ष यूवराज जिरेल, नेपाल चेपाङका पूर्व महासचिव शान्त बहादुर चेपाङ, वडान २ का वडाअध्यक्ष पंच बहादुर चेपाङ, वडा न ६ वडाअध्यक्ष भूपेन्द्र चेपाङ वडा सदस्यहरु पारवती गुरुङ, माया गुरुङ लगायतको उपस्थिति रहेको थियो ।