इच्छाकामना, ३० पुस ।विपन्न  दलित र चेपाङलाई न्यानो कपडा वितरण गरिएको छ ।  चितवनको इच्छाकामना गाउँपालिका वडा न.३ का ५० जनालाई अनन्त आशा नेपाल भरतपुरले एक /एक थान सिरक विरतण गरिएको हो ।
संस्थाले एक कार्यक्रमकाबीच वडा नं ३ का अध्यक्ष गोवद्र्धन अधिकारी, नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) इच्छाकामना गाउँपालिकाका संयोजक प्रताप गुरुङको उपस्थितिमा  फिस्लिङमा संस्थाका संयोजक तारा महर्जन र उपाध्यक्ष कुमार चौधरी लगायतले सिरक वितरण गरेका हुन् । जाडोमा सिरक पाउँदा उनिहरु खुसी भएका छन् ।

संस्थाले शिक्षा सँगै स्वास्थ्य र सीपमुलक कार्यक्रमलाई समेत प्राथमिकतामा राखेर काम गर्दै आएको छ ।किशोरीहरुलाई लक्षित गरेर महिनावारी सरसफाई तालिमदेखि चेतना मुलक कार्यक्रम समेत गर्दैआएको छ ।

पिछडीएका समुदायका बालिबालिकालाई शिक्षित बनाइ स्वावलम्बी नागरिक बनाउने उद्देश्यले स्थापना भएको अनन्त आशा नेपालले विद्यालय जान बञ्चित भएका विपन्न बालबालिकाहरुलाई विद्यालय सम्म जानका लागि प्रेरित र सहयोग गर्दै आएका छन् ।