काठमाडौं, २७ पुुस । सरकारले डेढ वर्षअघि लगाएको जग्गा कित्ताकाटको प्रतिबन्ध फुकुवा गरेको छ । सम्बन्धित स्थानीय तहले खेतीयोग्य जग्गा होइन भनेर सिफारिस गरेपछि जग्गा कित्ताकाट गर्न पाइने भूमि व्यवस्था मन्त्रालयले जनाएको छ । रोक्का गर्दा व्यबहारिक कठिनाइ भएको र बिभिन्न विकृति भएका कारण जग्गा कित्ताकाट खुला गर्नुपरेको मन्त्रालयको भनाइ छ ।
२०७४ साउन २६ मा जग्गा खण्डिकरण रोक्न गरेको निर्णय खारेज गरिएको मन्त्रालयले जनाएको छ । कित्ताकाट गर्न फुकुवा गरेसँगै फेरि प्लटिङ गरि जग्गा व्यापार गर्नुहरुलाई फाइदा पुग्ने भएको छ ।