गोरखा, २७ पौष । निजि तथा आवासीय बिद्यालयहरुको साझा संस्था प्याब्सन गोरखाको आयोजनामा आधारभुत तह स्तरीय दोस्रो प्याब्सन कप २०७५ फुटबल प्रतियोगिता हुने भएको छ । यहि माघ ३ गतेबाट पालुङटार – ५ माझाटार खेलमैदानमा हुने प्रतियोगितामा जिल्ला भित्रका निजि तथा आबासीय बिद्यालयहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।
उक्त प्रतियोगिताको बिजेताले नगद रु २०,००० कप मेडल र प्रमाणपत्र , उपबिजेताले नगद रु १५,००० कप मेडल र प्रमाणपत्र र सेमिफाइनलसम्म पुग्ने टिमले नगद रु ५÷५ हजार पुरस्कार पाउनेछन् । प्रतियोगिताको समापन भने माघ ५ गते गर्ने कार्यक्रम रहेको युनाइटेड बोर्डिङ स्कुल पालुङटारका शिक्षक दिपक गुरुङले जानकारी दिए । जिल्लाभित्र रहेका निजी विद्यालयहरूबीच मैत्रीभाव कायम गर्ने र खेलकुदको समेत विकास गर्ने लक्ष्यका साथ खेलको आयोजना गरिएको आयोजकले जनाएका छन । शिक्षक गुरूङका अनुसार खेलमा १३ वटा समूहहरूको सहभागिता रहने र पहिलो उदघाट्न खेल गोरखास्थित वल्ड क्यापिटल स्कूल र मोर्डन इङलिस स्कुल बीच हुनेछ ।