सुर्खेत,२३ पुस । – आफूलाई बोटको राजा र गैरराउटेलाई कोटको राजा भन्न रुचाउने राउटेले कोट लगाएका छन् ।उनीहरुले राउटे समुदायको सामजिकीकरण अभियानअन्तर्गतका कार्यक्रममा कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले वितरण गरेको कोट लगाएका हुन् ।

मन्त्रालयले चिसो मौसमलाई मध्यनजर गर्दै कोट वितरण गरेको थियो । वितरण गरिएको कोट समुदायका बालकदेखि वृद्धसम्मका पुरुषले लगाएका थिए ।यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।