कुरिनटार, २२ पुस । शनिबार बिहान इच्छाकामनामा वेवारिसे अवस्थामा सालनाल सहित भेटिएको शिशुको आज दिउँसो उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बच्चाको टाउँको र फोक्सो रगत समेत जमिसकेको अवस्थामा भरतपुरको चितवन मेडिकल कलेजमा उपचार कै क्रममा आज दिउँसो ३ः५० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरिक्षक नविनराज बुढाथोकीले जानकारी दिनुभएको हो । बुढाथोकीका अनुसार शिशुको आमा अझै पहिचान नभएको र अनुसन्धान भैरहेको छ ।
उक्त शिशु हिजो शनिबार चितवनको इच्छाकामना ४ लेवाटार र गोरखाको शहिद लखन गाउँपालिका स्थित ठेवाटार जोड्ने पुल नजिकै शिशुलाई बोरामा पोको पारी फालेको अवस्थामा भेटिएको थियो