एजेन्सी : मानिस कति दिनसम्म ननुहाउला ? तपाई–हामीले सोच्ने भनकै एक महिनासम्म हो । तर, ताइवानमा भने एक महिलाले वर्षमा एकपटक मात्रै नुहाउने गरेकी छन् ।

ताइवानकी एक लिन नाम गरेकी महिलालले वर्षमा एकपटक नुहाउने र कहिले काँही मात्र दाँत माझ्ने गरेका कारण उनका श्रीमान् आजित भएका छन् । उनको यो व्यवहारका कारण उनका श्रीमानले सम्बन्ध विच्छेदको निर्णयसमेत लिए ।

उनका पतिले पत्नी वर्षौसम्म ननुहाएको भन्दै अदालतमा सम्बन्धविच्छेदको मुद्दासमेत दर्ता गरेका छन् । उनको सो सम्बन्ध विच्छेदाको मुद्दालाई अदालतले स्वीकृत पनि गरेको ताइपेइ टाइम्सले जनाएको छ ।

सो पत्रिकाका अनुसार ति महिलाले वर्षमा एकपटक मात्र नुहाउने गरेको कारणले उनीहरुको जम्मा त्यहि दिन मात्र सम्भोग हुने गथ्र्यो । जसका कारणले उनीहरुलाई पहिलो सन्तान जन्माउन १० वर्ष लागेको थियो ।