युवतीहरुले कुमारीत्व गुमाएका छन् कि छैनन् भनेर कुमारीत्व नै परिक्षण गरेर छात्रवृति दिइने देश हो दक्षिण अफ्रीका । जहाँको उथूकेला शहरकी महिला मेयरले स्कुल र कलेज जाने भर्जिन युवतीहरुलाई छात्रवृति दिने घोषणा गरेपछि यो खबरले विश्वभर सनसनी मच्चाएको छ ।

मेयर डूडू मोजिबूकोले जबसम्म युवती भर्जिन रहन्छन् तबसम्म छात्रवृति पाइरहने र अहिलेसम्म वार्षिक रुपमा १ सयजनालाई छात्रवृति दिइएको उनले बताइन् । सानै उमेरमा युवतीहरु गर्भवती हुँदा अनेकन समस्याहरु देखिएपछि यस्तो उपाय अपनाइएको बताइएको छ ।