कुरिनटार, ११ पुष । इच्छाकामना गाउँपालिका वडा न ४ कु्रिनटार स्थित दारेचोक स्वास्थ्यचौकीमा आज देखि प्रयोगशाला संचालनमा आएको छ । आज गाउँपालीकाकी अध्यक्ष गीता कुमारी गुरुङले एक कार्यक्रमकाबीच प्रयोगशालाको उद्घाटन गर्नुभएको हो ।
प्रयोगशालाको उद्घाटन गर्दै अध्यक्ष गुरुङले आर्थिक अभावले अस्पताल जान नसक्दा आफुलाई के रोग लागेको समेत थाहा नपाउदाँ ठूला समस्यहरु बेहोर्दै आएकाले प्रयोगशाला संचालनमा ल्याएको बताउनुभयो । अन्य अस्पताल भन्दा कम शुल्कमा प्रयोगशाला सेवा दिईने बताउनुभयो ।
सुगर र टिबी रोगका लागि खकार परिक्षण गर्न निशुल्क प्रयोशाला सेवा दिईने जानकारी समेत दिनुभयो ।
सात ओटै वडामा प्रयोगशाला सेवा पु¥याउने उपाध्यक्ष कृतिकुमार श्रेष्ठले जानकारी दिनुभयो ।साथै उपाध्यक्ष श्रेष्ठले १५ शैयाको अस्पताल संचालनका लागि छलफल भईरहेको पनि बताउनुभयो ।
कार्यक्रममा इच्छाकामना एफएमका अध्यक्ष प्रताप गुरुङले इच्छाकामनामा प्राय जसो विपन्न बर्गको समुदाय भएकाले प्रयोगशाला निशुल्क हुनु पर्ने धारणा राख्नुभयो ।
दारेचोक स्वास्थ्यचौकीका इन्चार्ज हरि देवकोटाले अब देखि सर्ने नसर्ने दुबै किसिमका रोगहरु प्रयोगशाला मार्फत पत्ता लगाइने जानकारी दिनुभयो ।
इन्चार्ज देवकोटाले प्रयोगशाला मार्फत दिशा पिसाव, रगत र खकारको जाँच गरि मुटु टिबी, मृगौला सुगर लगायत रोग पत्ता लगाईने जानकारी दिनुभयो ।
आज पहिलो दिन प्रयोगशाला सेवा निशुल्क गरिएको छ ।