काठमाडौं,१० पुष । राष्ट्रिय जनता पार्टीका सबै माग सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सात दिनको समय मागेका छन्। उनले राजपाको माग सम्बोधन गर्न सात दिनभित्र प्रक्रिया अघि बढाउने प्रतिवद्धता जनाएका छन्। राजपा अध्यक्ष मण्डलका नेताहरूसँग भएको छलफलमा प्रधानमन्त्री ओलीले यस्तो प्रतिवद्धता जनाएका हुन्। प्रधानमन्त्री ओलीले संविधान संशोधन, मधेस आन्दोलनमा लगाइएका मुद्दा फिर्ता, रेशम चौधरीको रिहाइ र मधेस आन्दोलनको छानविन प्रतिवेदन सार्वजनिक गर्न सात दिनभित्र प्रक्रिया अघि बढाउने प्रतिवद्धता जनाएको राजपा महासचिव केशव झाले जानकारी दिए। ‘हाम्रा अध्यक्षहरूले प्रधानमन्त्रीले मागेको छठपछिको समय पनि सकियो, माग सम्बोधन भएन। अब किन समर्थन जारी राख्नेरु भनेर प्रश्न गर्नुभयो’, उनले भने, ‘प्रधानमन्त्रीले एक साताभित्र सबै माग सम्बोधनका लागि प्रक्रिया अघि बढाउने प्रतिवद्धता जनाउनुभएको छ।’ प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा करिब दुई घण्टा भएको छलफलमा राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतो, सदस्यहरू महन्थ ठाकुर, महेन्द्रराय यादव, शरदसिंह भण्डारी, अनिल झा र राजकिशोर यादव सहभागी थिए। पार्टीभित्रको विवाद मिलाउन राजपा अध्यक्ष मण्डलको बैठक अहिले केही समयपछि बस्दै छ।
च्भबम mयचभ बतस् जततउस्ररतजबजबपजबदबच।अयmरलभधकरछठढज्ञण्