काठमाडौं,९ पुस । विभिन्न माग राखी अनसन सुरु गरेका जनयुद्धका घाइते, अपांग तथा पूर्वलडाकुहरूले आमरण अनसन तोडका छन्।
सोमबार गृहमन्त्रालयका प्रतिनिधिसँग चार बुँदे सहमति भएपछि उनीहरूले मंसिर २७ गतेदेखि सुरु गरेको अनसन तोडका हुन्।
आजैबाट अनसन तोड्ने र थुनामा रहेका पूर्वलडाकु युवराज विकलाई रिहा गर्ने, गम्भीर घाइते तथा तत्काल उपचार गर्नुपर्नेलाई उपचार गर्ने, सो खर्च सरकारले व्यहोर्नेलगायतका सहमति भएको छ।