मुग्लिन,२१ मंसिर । इलाका ट्राफिक प्रहरी कार्यालय मुग्लिनले आज शुक्रबार मुग्लिन बजारमा र राजमार्गमा गुडेका सवारी साधनहरुमा डष्टबिन वितरण गरेको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा चितवनको सौजन्यमा इलाका ट्राफिक प्रहरी कार्यालय मुग्लिन, इलाका प्रहरी कार्यालय मुग्लिन र इच्छाकामना गाँउपालिकाको संयोजनमा ५६ थान डष्टबिन वितरण गरेको हो ।

इच्छाकामना गाउँपालिका ५ नं। वडाको ४ वटा टोल विकाश संस्थालाई १६ वटा र राजमार्गमा सञ्चालित माइक्रो तथा यात्रुवाहक बसमा ४० वटा सवारी साधनलाई ४० थान डष्टबिन वितरण गरेको प्रहरी सहायक निरिक्षक एवं मुग्लिन ट्राफिक प्रहरी कार्यालय प्रमुख इन्द्र बहादुर घिसिङ्गले बताउनुभयो । देशभरबाट केन्द्रिय राजधानी छिर्ने मुख्य प्रवेशद्वारको रुपमा मुग्लिन बजार रहेको हुदाँ देशभर राम्रो सन्देश जान सक्ने भएकोले मुग्लिनमा यो कार्यक्रमको आयोजना गरिएको प्रमुख घिसिङले बताउनुभयो । ।

स्टीकरमा सवारी साधनको झ्यालबाट फाहोर नफालौँ लगायत सरसफाईका लागि जनचेनता मुलक सन्देश र ट्राफिक नियम बारे जानकारी गराइएको छ ।डस्टबिन वितरण संगै चालक सहचालकहरुलाई कार्यक्रमको महत्वबारे जानकारी दिएका थिए ।

डस्टबिन वितरण तथा अन्र्तकृया कार्यक्रममा जनप्रतिनिधि, राजनतिकि दलका प्रतिनिधि, प्रहरी विभिन्न संघसस्थाका प्रतिनिधि पत्रकार तथा स्थानियको सहभागिता रहेको थियो ।
सहभागीहरुले यस अघि पनि डस्बिन वितरण गरिदैँ आए पनि प्रभावकारी नभएको भन्दै प्रभावकारी बनाउनका लागि सबै एक भएर लाग्नु पर्ने र जरिवाना सहितको कार्यक्रम ल्याउनु पर्नेमा जोड दिएका थिए ।