मुग्लिन, २१ मंसिर । बलात्कारपछि हत्या गरिएका कञ्चरपुरकी निर्मला पन्तको हत्यारालाई कानुनी दायरामा ल्याउन माग गर्दै मुग्लिनमा आज पनि र्‍याली निकालिएको छ । इच्छाकामना गाँउपालिका वडा नं ५ स्थित शान्ति बजार टोल विकास संस्थाले शुक्रबार निर्मला पन्तको बलात्कार पछि हत्या काण्डको दोषिलाई कानुनी दायरामा ल्याउन कुनै पनि ठोस कदम नचालेको भन्दै  दबाब मुलक र्‍याली कार्यक्रम गरिएको हो ।
र्‍यालीमा विभिन्न संघसस्थाका प्रतिनिधि विद्यार्थी र स्थानियको सहभागिता रहेको थियो ।