फिस्लिङ, १५ मंसिर । नेपाल राफ्ट कायक क्लब फिस्लिङद्वारा फिस्लिङ बजारमा सरसफाई गरिएको छ । चितवनको इचछाकामना गााउँपालिका वडा न ३ स्थित फिस्लिङ बजार क्षेत्रमा सरसफाई गरिएको नेपाल राफ्ट एण्ड कायक क्लब फिस्लिङका अध्यक्ष मिलन गुरुङ उत्तमले जानकारी दिनुभयो । सगरमाथा यूवा क्लबको सहकार्यमा सरसफाई गरिएको हो । सरसरफाई कार्यक्रममा वडा नं ३ का वडाअध्यक्ष गोबद्र्धन अधिकारि सगरमाथा युवा क्लब फिस्लिङ का अध्यक्ष श्री चेत बहादुर थापा मगर स्थानिय बुद्दिजिबि साथै युवाहरुको सहभागिता रहेको थियो ।